Skip to Content

जियो ट्रयाककै मोटरसाइकल चोरीको कथा

November 7, 2025 by
जियो ट्रयाककै मोटरसाइकल चोरीको कथा
Manish Lama
| No comments yet

प्रदेश ३-०२ ००९ प १९६३ नम्बरको हाम्रो कम्पनीको मोटरसाइकल हाम्रा टेक्निसियन समर खानले चलाउँदै आएका थिए। मिति २०८० साउन २७  गतेका दिन खानले उक्त बाइक जडिबुटी, काठमाडौँ स्थित पार्किंग क्षेत्रमा पार्किंगको लागि छोडी सदा झैँ पार्किंग गरि  लक गरि छोडेर राति आफ्नो डेरामा गएका थिए। भोलिपल्ट बिहान खानले आफ्नो बाइक जहाँ पार्क गरेको  त्यहाँ देखेनन्। नदेखेपछी उनले हामीलाई तुरुन्त खबर गरे र हामीले हाम्रो ट्रयाकिंग सिस्टमबाट उक्त बाइकलाई निगरानी गर्न थाल्यौं। निगरानीको क्रममा बाइक सिन्धुली जिल्लाको नेपालथोक भन्ने गाउँमा देखियो। हामी उक्त बाइक चोरी भएको भन्ने कुरामा बिस्वस्त भयौं र त्यसपछि तुरुन्त हामीले जडिबुटी ट्राफिक प्रहरीलाई निवेदन जाहेरी गर्यौं। प्रहरीसहित हामी उक्त बाइकको स्थान्  ट्रयाक गर्दै नेपालथोक, सिन्धुली पुग्यौं। 

उक्त ठाउँमा पुग्दा बाइकको लोकेसन अलि परिवर्तित देखियो। बाइकलाई पहाडको टुप्पोमा एक गाई गोठमा पार्किंग गरेको अवस्थामा फेला पार्यौं। अचम्म त यो लाग्यो कि त्यहाँ हाम्रो मात्र नभई करिब ५  ओटा चोरीका बाइकहरु थिए। 

हामीले प्रहरीको सहकार्यमा चोरी गर्ने चोरहरुलाई पहिचान गर्न समेत सफल भएका थियौं। चोरहरुलाई कारबाहीको मागसहित हामीले मुद्दा चलाई उक्त बाईक प्रहरी प्रशासन मार्फत फिर्ता लियौं। सहकार्यको लागि प्रहरी प्रशासनप्रति आभारी छौँ र कानुन सम्बत उक्त चोरी गर्नेहरुलाई कारबाहीको माग पनि गर्दछौं।  

यसरी काठमाडौँमा मात्र नभई नेपालको अन्य ठाउँहरुमा पनि बर्सेनि हजारौंको संख्यामा चोरीको केसहरु बढिरहेको देखिन्छ भने चोरी भएको साधन फिर्ता ल्याउन पनि सफल भएको देखिदैन। 

हामीले त हाम्रो सिस्टम मार्फत फिर्ता ल्याउन सफल भयौं।  हामी गर्व गर्छौं कि हामीले हाम्रो ग्राहक वर्गमा सवारीसाधन ट्रयाक गर्ने सेवा गुणस्तरीय रुपमा प्रदान गर्दै आएका छौँ। 

कतै तपाईंको पनि चोरी नहोला भन्न सकिदैन।  

 

आजै जियो ट्रयाक जडान गरि ढुक्क हुनुहोस्।  

सम्पर्क नं: ९८०१३३३३७८ (मोबाइल/ ह्वाट्स याप) 

Sign in to leave a comment
A Comprehensive Guide: How to Install GeoTrack GPS Tracker on Bike, Car, Bus, Tipper, and Other Vehicles